एनपिएलको टिकट मूल्य ५ सयदेखि २ हजारसम्म

14 Nov, 2025

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकट मूल्य निर्धारण गरेको छ। मंसिर १ गतेदेखि सुरु हुने एनपिएलका लागि क्यानले बिहीबार साँझ टिकट मूल्य सार्वजनिक गरेको छ।

पहिलो पटक टियू मैदानमा प्यारापिटसहित फ्लड लाइटमा खेल हुँदैछ। त्यका लागि क्यानले ५ सयदेखि २ हजारसम्म टिकट मूल्य तोकेको छ।

क्यानले साधारण प्यारापिटमा उद्घाटन र शनिबारको ५ सय र प्रिमियममा १५ सय मूल्य निर्धारण गरिएको छ। यस्तै, अन्य दिन साधारणमा ५ सय र १ हजार मूल्य तोकिएको छ। यो लिग चरणका लागि मात्र हो।

प्लेफअ र फाइनको टिकट दर छुट्टै छ। क्यानले प्लेअफ र फाइनलका लागि साधारणमा १ हजार र प्रिमियममा २ हजार मूल्य निर्धारण गरेको छ।

यस्तै, क्यानले पुरै प्रतियोगिताको टिकट किन्ने व्यवस्था पनि गरेकोछ। त्यसका लागि १५ हजार रुपैयाँ तिनुपर्ने हुन्छ।

क्यानले लिग चरणका सुरुआती ६ खेलको टिकट बुकिङ पनि खुला गरेको छ। यो सिजनका धेरै खेलहरु फ्लड लाइटमा खेलाइनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]