एनपिएलमा सुदूरश्चिमले दियो लुम्बिनीलाई प्रतियोगिताकै ठूलो लक्ष्य

7 Dec, 2024
Share:
117 Shares

जारी नेपाल प्रिमियर लिगमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेल भइरहेको छ।

टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले लुम्बिनीलाई प्रतियोगिताकै ठूलो १८८ रन लक्ष्य दिएको छ। यसअघि लुम्बिनीले नै विराथनगर किंग्सविरुद्ध १८२ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि सइफ जइबले उत्कृष्ट इनिङ खेले। उनले ६१ बलमा ६ चौका र ५ छक्का मद्दतमा ९० रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरीले पुनः एकपटक उत्कृष्ट फिनिसिङ गरे। उनले १९ बलमा ४ चौका र २ छक्का मद्दतमा नटआउट ३९ रन बनाउँदा ब्रान्ड म्याकमुलेनले २३, विनोद भण्डारीले १७ र स्कट कुगुलेइनले ११ रन बनाए।

बलिङ खराब लयमा रहेको लुम्बिनीका लागि रेमन्ड सिमोन्ड्स २ तथा रोहित पौडेल र विवेक यादवले समान १ विकेट लिए।

दुवै यो तेस्रो खेल हो। लुम्बिनी पहिलो जितको खोजीमा छ भने सुदूरपश्चिम लागतार तेस्रोको खोजीमा छ।