एनपिएल हेर्न ओइरिएको भीडमा च्यापिएर प्रहरी जवानसहित ७ जना घाइते

30 Nov, 2024
Share:
117 Shares

कीर्तिपुरस्थित टियू मैदानमा पहिलो संस्करणको नेपाल प्रियिमर लिग सुरु भएको छ। जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको उद्घाटन खेल हेर्न टियू मैदानमा दशर्कको ठूलो भीड लाग्यो।

लिग सुरु हुनु २ दिनअघि नै खेलको टिकट बिक्री भइसकेको थियो। तर, थुप्रै दर्शक टिकट हात बोकेर पनि खेल हेर्न भित्र प्रवेश गर्न पाएनन्।

टियू मैदानमा शनिबार मैदानभित्र र बाहिर दर्शक उस्तै थिए। दर्शकले रुखमा चढेर पनि खेल हेरे।

भीडमा च्यापिएर दर्शक घाइते भएका छन्। शनिबार दिउँसो २ जना प्रहरी जवानसहित ७ जना भीडमा च्यापिएर घाइते भएका छन्।

भीडमा च्यापिएर रूपन्देहीको सिद्धार्थनगर घर भएका जयन श्रेष्ठ, गुल्मीको कालीगण्डकी घर भएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भएका ३२ वर्षीय केशव आचार्य, बैतडीको डिलासैनी गाउँपालिका घर भएका २५ वर्षीय केशव नेगी र रूकुमको मुसिकोटका ३२ वर्षीय प्रेम खड्की घाइते भएका छन्।

उनीहरूको कीर्तिपुर अस्पताल उपचार भइरहेको बताइएको थिाये। समान्य जयन श्रेष्ठ डिस्चार्ज भइसकेका छन् गम्भीर घाइते भएक शिशिर गौतमलाई थप उपचारका लागि नर्भिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

सो घटनामा संघीय ससद सुरक्षा बेस बानेश्वरमा कार्यरत प्रहरी जवानहरु धादिङको खनियावास–३ का २६ वर्षीय अजय तामाङ र जुम्लाको सिन्जा–२ का दानबहादुर राउत छन्।

टाउकोमा चोट लागेका जवान तामाङको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई सुरुमा कीर्तिपुर अस्पताल लगिएकोमा त्यहाँबाट वीर अस्पताल र त्यहाँबाट पनि रेफर गरेर न्युरो अस्पताल बाँसबारी लगिएको प्रहरीले जनाएको छ।

अर्का प्रहरी जवान राउतलाई अनुहार, टाउको र घाँटीमा चोट लागेको बताइएको छ। उनको अवस्था भने सामान्य छ।