तनवीरको घातक बलिङमा काठमाडौंमाथि चितवनको जित

2 Dec, 2024

पहिलो संस्करणको नेपाल प्रियिमर लिगमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। सोमबार कीर्तिपुरस्थि टियू मैदानमा भएको खेलमा पाकिस्तानी फास्ट बलर सोहेल तनवीरको घातक बलिङ मद्दतमा चिवतनले काठमाडौं गुर्खाजमाथि ५ विकेटको जित निकल्यो।

पहिला ब्याटिङ गर्दै काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेटको क्षतिम भेट्टायो। उसका लागि सन्तोष कार्कीले नटआउट सर्वाधिक २८ रन बनाए भने लुक बेनकेन्सटनले २२ रन बनाउँदा हसन इसाखिलले १२ रन बनाए।

यस्तै, कप्तान कुशल मल्ल, रवि बोपरा र शरद भेषावकरले समान ११ रनको योगदान दिए। ६८–५को दबाबपूर्ण अवस्थामा शदर र सन्तोयाले छैठौं विकेटका लागि ४६ रनको महत्पूर्ण साझेदारी गरे।

बलिङमा काठमाडौंका साहब आलामले ३ विकेट लिए भने जेरार्ड इरास्मसले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौं गुर्खाज पाकिस्तानी फास्ट बलर सोहेल तनवीरले घातक बलिङ गरेपछि ९ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो।

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाउँदा माइलक लेविटले २५, डान डउथवेटले १९ र शंकर रानाले १६ बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा चिवतन राइनोजका तनवीरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए भने रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र लुक बेनकेन्सटेइनले समान १ विकेट लिए।

तनवीर एनपिएलमा ५ विकेट लिने पहिलो बलर बनेका छन्। प्लेअर अफ दी म्याच बने।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]