एनपिएलमा खेलाडी आफैंले ग्रेड निर्धारण गर्न पाउने

22 Sep, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यन)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल प्रियिमर लिग (एनपिएल)मा खेलाडी आफैंले ग्रेड निर्धारण गर्न पाउने भएका छन्।

क्यानका अनुसार लिगको अक्सनमा समावेश हुन खेलाडी आफैंले ग्रेड निर्धारण गरेर नाम दर्ता गर्न सक्ने छन्। क्यानले अक्सनका लागि नाम दर्ता गर्न असोज १२ गतेसम्मको समयसीमा तोकेको छ।

खेलाडीहरुले १ हजार रुपैयाँ शुल्क तिरेर नेपाल प्रिमियर लिगको वेवसाइटमार्फत अक्सनमा नाम दर्ता गराउने सक्नेछन्।

क्यान आफैंले ग्रेड निर्धारण गर्दा खेलाडी मर्कामा पर्न सक्ने भएकाले ग्रेड निर्धारणको अधिकार खेलाडी स्वयंलाई दिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

क्यानले ग्रेड अनुसार खेलाडीको मूल्य पनि निर्धारण गरेको छ। जसअनुसार ए ग्रेडमा रहने खेलाडीले न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँ पाउने छन्।

यस्तै, क्यालने बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख रुपैयाँ निर्धारण गरेको छ। अक्सनमा उनीहरूमाथि अधिकतम १० लाख रुपैयााँ बोली लाग्नसक्छ। असक्नमा सी ग्रेडका खेलाडीको बोली २ लाखबाट सुरु भएर अधिकतम ५ लाखसम्म जाने छ।

एनपिएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ। जसमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन्। क्यानले यअसघि नै प्रत्येक टिमलाई मार्की खेलाडी दिइकसेको छ। उनीहरूले जनही २० लाख रुपैयाँ पाउने छन्।