एनपिएल फाइनल : ११७ रनमा सुदूरपश्चिमले गुमायो पहिलो विकेट

21 Dec, 2024
Share:
117 Shares

कीर्तिपुरस्थित टियू मैदानमा जारी पहिलो संस्करणको नेपाल प्रियिमर लिगको फाइनल सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।

उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको सुदूरपश्चिमले ११७ रनमा पहिलो विकेटका रुपमा सैफ जइबलाई गुमएको हो। जइबले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रन बनाए। जइबलको विकेट जनकपुर बोल्ट्सका किशोर महतोले दिए।

जइब र विनोद भण्डारीले सुदूरपश्चिमलाई ११७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाए। विनोद २९ बलमा ४२ रन बनाएर खेलिरहेका छन्। यो जारी प्रतियोगिताको दोस्रो ठूलो साझेदारी हो।

ताजा अवस्थामा १२ ओभरको समाप्तिमा सुदूरपश्चिम ११७÷१को अवस्थामा छ।