दीपेन्द्रले जिते कार, जबइ बने सर्वोत्कृष्ट खेलाडी

21 Dec, 2024
Share:
117 Shares

सुदूरपश्चिम रोयल्सका कपतान दीपेन्द्रसिंह ऐरी पहिलो संस्करणको नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्। योसँगै उनले अमोडाको जी५इएलएक्स कार जितेका छन्।

सुदूरपश्चिमको फाइनल यात्राका क्रममा दीपेन्द्रले बल, ब्याट र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले प्रतियोगिताका ९ खेलमा कुल २२७ रन बनाएका थिए भने ८ विकेट लिएका थिए। यस्तै, उनले ७ रनआउट गरेका थिए भने ३ क्यान पनि लिएका थिए।

यस्तै, प्रतियोतिगाको सर्वोत्कृष्ट खेलाडी भने इंग्लिस अलराउन्डर सैफ जइब भए। उनले ५ लाख रुपैयाँ प्राप्त गरे।

उनले प्रतियोगितामा २ अर्धशतकसहित कुल २७५ रन बनाउनुका साथै, बलिङमा १२ विकेट लिए। उनले फाइनलमा १ विकेटल र ६९ रन बनाएका थिए।
२२७ रन, ८, ७ रनआउट ३ क्यान