नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइट टि–२० क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल)को खेलाडी अक्सन असोज २० गते हुने भएको छ।
त्यसैअनुसार क्यानले तयारी अगाडि बढाएको छ। क्यानले यसअघि नै असोज १२ गतेसम्मको समय दिएर खेलाडी दता{का लागि आव्हान गरेको थियो। जसमा खेलाडी आफैंले ए, बी वा सी मध्ये एक क्याटेगोरीमा नाम दर्ता गर्नुपर्ने थियो।
अक्सनमा ग्रेड अनुसार खेलाडीको न्युनतम र अधिकतम मूल्य निर्धारण गरिएको छ। जसअनुसार ए ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म हुनेछ।
यस्तै, बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैयाँ छ भने सी ग्रेडका खेलाडीको न्युनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निधा{रण गरिएको हो।
अक्सनमा खेलाडीमाथि दुई वा दुईभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाए गोलाप्रथाबाट खेलाडी छनोट गरिनेछ।
नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुने एपिएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली साहभागी छन्।
क्यानले यअसघि नै प्रत्येक टिमलाई मार्की खेलाडी दिइकसेको छ। काठमाडौंको करण केसी, पोखरा कुशल भुर्तेल, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहित पौडेल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दिनेपन्द्रसिंह ऐरी मार्की खेलाडी हुन्। उनीहरूले जनही २० लाख रुपैयाँ पाउने छन्।