एनपिएलको तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुर भीड्ने

18 Nov, 2024
Share:
117 Shares

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार साँझ तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भीड्ने छन्। खेल मंसिर १५ गते कीर्तिपुरस्थित टियू मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ।

१६ गते भने खेल हुनेछैन। स्थानीय तहको उपनिर्वाचन भएकाले १६ गते खेल नहुने भएको हो।

त्यसपछि प्रत्येक दिन २ खेल हुनेछ। पहिलो खेल बिहान ९ः१५ र दोस्रो खेल दिउँसो १ः१५मा सुरु हुनेछ।

लिग चरणका खेल पुस १ गते सकिने छ। शीर्ष ४ टिम प्लेअफ पुग्ने छन्। शीर्ष दुई टिमले क्वालिफायर खेल्ने छन् भने तोस्रो र चौथो टिमले एलिमिनेटर खेल्नेछ।

क्वालिफायरको विजेता सिधै फाइलनमा पुग्नेछ भने हार्ने टिमले एलिमिटेरको विजेतासँगसँग दोस्रो क्वालिफायर खेल्नेछ।

पहिलो क्वालिफायर र एलिमिनेटर पुस ३ गते हुने छ भने दोस्रो क्वालिफायर पुस ४ गते हुनेछ। फाइनल ६ गते शनिबार हुनेछ।

यस्ताे छ तालिका