कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि आफ्नो लिगको अन्तिम खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको ठूलो लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन बनायो।
चितवनका लागि कुशलले विस्फोस्टक ब्याटिङक गर्दै अर्धशतक बनाए। उनले ४१ बलमा ७ छक्का र ३ चौका मद्दतमा ७२रन बनाए। उनको जारी लिगमा पहिलो अर्धशतक हो। यस्तै, रवि बोपराले ३२ बलमा ५ चौका र १ छक्का मद्दतमा ४४ रन बनाए।
यी दुईले चौथो विकेटका लागि ११३ रनको उत्कृष्ट साझेदारी गरेका थिए। त्यसअघि ओपनर हसन इसाखिलले १९ बलमा ४ चौका र १ छक्का मद्दतमा २८ रनको पारी खेलेका थिए।
बलिङमा जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २ मेडनसहित ११ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए।
जनकपुर यसअघि नै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ भने चिवतनलाई जित आवश्यक छ।