एनिपएलमा टिकट बिक्रीबाटै क्यानले उठायो ४ करोड

22 Dec, 2024

१८ दिनसम्म चलेको पहलिो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) शनिबार कीर्तिपुरस्थित टियू मैदानमा सकिएको छ। शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले रहाउँदै जनकपुर बोल्ट्स एनपिएलको पहिलो च्याम्पियन बनेको छ।

प्रतियोगिता सुरुअघि नै ठूलो हाइप पाएको एनपिएलको पहिलो खेलदेखि नै दर्शकको बाक्लो उपस्थिति थियो। केही खेलमा भने टिकट सोल्ड आउट भएका थियो।

क्यानका अनुसार एपिएलको टिकट बिक्रीबाट करिब ४ करोड संकलन भएको छ। यसको औपचाकरि तथ्यांक भने क्यानले केहि दिनमै सार्वजनकि गर्ने बताएको छ।

८ टिम सहभागी एनपिएलको ३२ खेलमा १ लाख ३५ हजार बढी दर्शकले टिकट काटेको क्यानले जनाएको छ।

्एकदिनमा औषत ७ हजार पाँच सय दर्शक मैदानमा उपस्थित भएको क्यानले जनाएको छ।

एनपिएलमा टिकटबाट उठेडेको रकमको आधा भने फ्रेन्चाइजी टिमले पाउनेछन्। क्यालने यसअघि नै यो घोषणा गरेको थियो।