सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

12 Nov, 2024
Share:
117 Shares

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा एक समारोहकाबीच मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्रप्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक बिष्टले गरेका हुन्।

एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ । जर्सिको कलर पहेँलो रहेको छ।

जर्सी रिभिल कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए।

सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौं नै सुदूरपश्चिममय हुने उनको भनाइ छ।

क्रिकेटलाई नेपाली समर्थक अथाह माया गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘नेपाली क्रिकेटले विगतको २०,२५ वर्षदेखि जुन उपलब्धी हासिल गर्दै आइरहेको छ। यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ । अब अन्तर्राष्ट्रियस्तरबाट ठुलो ठुलो लगानीकर्ताहरु भित्र्याएर राष्ट्रिय स्तरमा खेलाडीहरुका लागि प्लेटफर्म तयारको योजनामा क्यान छ।’