क्यानले एनपिएलकाे पहिलाे सिजनबाट गर्‍याे २७ करोड ६८ लाख आम्दानी, नाफा साढे २ करोड

31 Jul, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान) गत वर्ष फ्रेन्चाइज क्रिकेट लिग (एनपिएल) आयोजना ग¥यो।

देशदेखि विदेशसम्म हाइम पाएको एनपिएलको पहिलो संस्करणबाट क्यानले २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसमध्ये साढे २ करोड रुपैयाँ नाफ भएको क्यानले जनाएको छ।

बिहीबार केन्द्रिय कार्यालय मुलपानीमा बसेको बैठकपछि विज्ञप्ति जारी गर्दै क्यालने यसको जानकारी दिएको हो।

क्यानका अनुसार प्रतियोगिताको कुल खर्च २० करोड १५ लाख रुपैयाँ छ।

एनपिएपलबाट ७ करोड ५३ लाख रुपैयाँ नाफ भएको थियो। सम्झौता अनुसर नाफाको ५० प्रतिशत रकम अर्थात ४ करोड ३७ लाख रुपैयाँ फ्रेन्चाइज टिमलाई वितरण गरिएको क्यानले जनाएको छ।

यस्तै, बाँकी रहेको ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिइँदा क्यानलाई कुल २ करोड ४६ लाख रुपैयाँ आम्दानी भएको छ।

एनपीएलको गभर्निङ काउन्सिलले पेस पहिलो संस्करणको आयव्यय विवरण क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने छ।