सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा

25 Nov, 2024
Share:
117 Shares

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुग्नुभएको छ ।

हज सोमबार नेपाल आइपुगेका हुन्। उनलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरेका थिए ।

विश्वकप विजेता अस्ट्रेलियन टिमको सदस्य रहेका हजसँग विश्वभरका फ्रेन्चाइज लिगको अनुभव छ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्रसिंह ऐरी छन् भने मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।

रोयल्सले विदेशी खेलाडीका रुपमा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अली जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफालाई टिममा समावेश गरेको छ।

त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो।

ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ। अर्जुन र नरेन भने हाल यू१९ टोलीमा व्यस्त छन्।