एनपिएलको ‘मिनि अक्सन’का लागि खेलाडी दर्ता आव्हान

13 Jul, 2025

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रोअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मिनि अक्सन आयोजना गर्दैछ।

दोस्रो संस्करणअघि हुने यो मिनि अक्सनमा क्लबहरुले रिलिज गरेका र नयाँ खेलाडीहरु सहभागी हुनेछन्।

यो मिनि अक्सनमा सहभागी हुन क्यानले खेलाडी दर्ताका लागि आव्हान गरेको छ। क्यानले अक्सनमा सहभागी हुन चाहने सबै खेलाडीलाई नाम दर्ता गर्न आग्रह गरेको छ।

अक्सनका लागि क्यानले ए, बी र सी क्याटेगोरी छुट्याएको छ। जसमा खेलाडीले १ हजार रुपैयाँ शुल्क तिरेर आफ्नो इच्छा अनुसार तीनमध्ये एक क्याटेगोरीमा नाम दर्ता गर्न सक्ने छ।

क्यानले अनलाइनमार्फत नै नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ। अक्सनमा सहभागी हुन खेलाडीहरूले साउन ६ गतेसम्म नाम दर्ता गर्नुपर्ने छ।

अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म हुनेछ। यस्तै, बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैयाँ छ भने सी ग्रेडका खेलाडीको न्युनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको हो।

अक्सनमा खेलाडीमाथि दुई वा दुईभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाए गोलाप्रथाबाट खेलाडी छनोट गरिनेछ।

अक्सनअघि आठ टिममध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लाइन्स, विराटनगर किंग्स र काठमाडौं गोर्खाजले ६ खेलाडी रिटेन गरेका थिए भने च्याम्पियन जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले समान ७ खेलाडी रिनेट गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]