एनपिएल फाइनलमा सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने

21 Dec, 2024
Share:
117 Shares

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ।

केहीबेरपछि कीर्तिपुस्थित टियू मैदान हुने फाइलनमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्।

फाइनलका लागि दुवै टिमले प्लेइङ ११मा कुनै परिवर्तन गरेका छन्। उनीहरुले पुरानै टिमलाई निरन्तता दिएका छन्।

लिगमा शीर्ष स्थानमा रहँदै क्वालिफाफरमा पुगेको सुदूरपश्चिमले फाइलन पुग्ने क्रममा पहिलो क्वालिफारमा जनकपुरलाई हराएको थियो। यता, लिगमा दोस्रो भएको क्वालिफायरमा पुगेको जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो।

प्रतियोगितामा सुदूरपश्चिम र जनकपुर तेस्रो पटक भीड्न लागेका हुन्। यसअघिका दुवै भीडन्तमा सुदूरपश्चिम विजयी भएको थियो।