एनपिएलमा खलाडी छनोट अक्सनबाट हुने, एक टिममा १६ खेलाडी

9 Sep, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडी छनोट अक्सनबाट गरिने भएको छ।

नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा आयोजनाका हुने लिगमा ८ फ्रेन्चाइजी टिमलाई खेलाडी वितरणका लागि क्यानले अक्सनको तयारी गरेको छ। क्यानले सेप्टेम्बर अन्तिमसम्म अक्सन गर्ने तयारी छ।

क्यानका अनुसार प्रत्येक टिममा बढीमा १६ खेलाडी रहनेछ। अक्सन अघि क्यनले प्रत्येक टिमका मार्की खेलाडी सर्वाजनिक गर्नेछ।

अक्सनमा ग्रेड अनुसार खेलाडीको न्यूनतम मूल्य तोकिने क्यानले जनाएको छ।

एनपिएलमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णालीका गरी ८ टिम रहनेछन्।