एनपिएलको दोस्रो संस्करण आजदेखि, दर्शकले प्यारापिटमा बसेर फ्लडलाइटमा हेर्न पाउने

17 Nov, 2025

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजबाट कीर्तिपुरस्थित टियू स्टेडियममा सुरु हुँदैछ।

यो पटकको एनपिएल विशेष छ। एनपिएलका धेरै खेलहरु डे–नाइटमा हुँदैछ। त्यसैले पहिलो पटक टियू स्टेडियममा प्यारापिटमा बसेर फ्लडलाइटमा खेलको मजा लिनेछन्।

शहरी विकास मन्त्रालयले आइतबार राति एक कार्यक्रम गर्दै प्यारापिटल र फ्लडलाइट नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेको थियो।

उद्घाटन खेल अपरान्ह ४ बजे सुरु हुनेछ। जसमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको सामाना गर्नेछ।

यो कीर्तिपुरमा १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ। ८ हजार हाराहारिमा सिट दर्शकका लागि छुट्याइएको छ। क्यानले उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ निर्धारण गरेको छ।

यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ रु दुई हजार राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ।

क्यानले सुरुआती ६ खेलको टिकट अग्रिम बुकिङ खुला गरेको थियो। तयसमा उद्घाटन खेलको टिकट दुई दिनअघि नै सोल्डआउट भइसकेको छ।

८ टिम सहभागी हुने एनपिएलको दोस्रो सिजनमा पनि स्टार अन्तर्राष्ट्रिय खेलाडीहरु आएका छन्। जसमा विराटनगर किंग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गप्तिललाई ल्याउँदा जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकाकै इमरात ताहिर र वायन पर्नेलई ल्याएको छ।

यस्तै, चितवन राइनोजले पाकिस्तानका सोहेल तनवीर र इंग्ल्यान्डका रवि बोपरा ल्याउँदा पोखरा एभेन्जर्सले न्युजिल्यान्डका जिमी निशम र इंग्ल्यान्डका जेसन रोए, लुम्बिनी लायन्सले अस्ट्रेलियाका डार्सी सर्ट र अफगानिस्तानका गुल्बाद्दिन नइबलाई ल्याएको छ।

यता, सुदूरपश्चिमले अस्ट्रेलियाका क्रिशस लिन, न्युजिल्यान्डका स्कट कुगुलेइन तथा कर्णाली याक्सले अफगानिस्तानका नाजिबुल्लाह जद्रानलाई ल्याएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]