एनपिएलमा आज २ खेल : चितवन र कर्णाली तथा विराटनगर र पोखरा भीड्दै

18 Nov, 2025
Share:
117 Shares

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई रोचक खेल हुँदैछन्।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने भएका छन्। खेल बिहान ११ः४५ बजे हुनेछ।

दुवै टिम पहिलो संस्करणमा प्लेअफमा पुगेका थिए। दुवै टिम सुखद सुरुआको लक्ष्यमा छन्।

चितवन राइनोजको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन्। चितवन राइनोज उत्कृष्ट विदेशी र नेपाली खेलाडीको समीश्रणले अघिल्लो सिजनको भन्दा बलियो देखएिको छ। उसले अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका सोहेल तनविर र रवि बोपरालाई पुनः ल्याउँदा अघिल्लो सिजन सुदूरपश्चिम रोयल्सबाट उत्कृष्ट प्रदर्शन गरेका सैफ अलि जइबलाई पनि ल्याएको छ। इंग्ल्यान्डका डेविड मलान र भारतीय मुलका युगान्डाका अलराउन्डर अल्पेस रमजानीलाई पनि अनुबन्धन गरेको छ।

टिममा कुशलसँगै कमलसिंह ऐरी, रिजन ढकाल, अर्जुन साउद, देव खनाललगायत नेपाली खलाडी छन्।

यस्तै, कर्णालले यो सिजन अफागानिस्तानका नाजिबुल्लाह जद्रान, भारतका प्रियंक पञ्जाल, अस्ट्रेलियाका विलियम वसिस्टोलगायतलाई ल्याएको छ। उससको टिममा सोमपालसँगै गुल्सन झा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, लगायत नेपाली खेलाडी छन्।

यस्तै आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टिम अपरान्ह ४ बजे भिड्नेछन्। त्यसैगरी, विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानी टिम हो भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुन्।

सोमबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुआत गरिसकेको छ। भने सोसँगै काठमाडौंले अंकतालिकामा दुई अंक समेत जोडेको छ।

मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको यो प्रतियोगिता मंसिर २७ सम्म हुनेछ ।