यू–१९ महिला विश्वकप छनोट भएको नेपाली टिमलाई एनपिएलका टिमले १० लाख दिने

15 Nov, 2024
Share:
117 Shares

यू–१९ महिला टि–२० विश्वकपमा छनोट हुँदै इतिहास बनाएको नेपाली महिला टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल)का टिमले नगद पुरस्कार प्रदान गर्ने भएका छन्।

यू–१९ टिमको हौसला बढाउन एनपिएलका आठ फ्रेन्चाइज टिमले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेकाछन्।

बुधबार दुबईको भएको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक यू–१० महिला विश्वकपमा छनोट भएको थियो। नेपाली टिम बिहीबार साँझ स्वदेश फर्किएको छ।

नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही २ लाख ५० हजारसहित सम्मान गर्ने घोषणा गरिसकेको छ।