नेपाल प्रिमियर लिग मंसिर १५ बाट हुने

19 Aug, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान) आफैंले आयोजना गर्न लागेको टि–२० फ्रेन्चाइज क्रिकेट ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ मंसिर १५ गतेबाट आयोजना हुने भएको छ।

सोमबार लिगको लोगो सार्वजनिक गर्न आयोजित कार्यक्रममा क्यानले एनपिएल मंसिर १५ गतेबाट पुस ६ गतेसम्म आयोजना हुने जनाएको हो।

कार्यक्रममा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरे।

क्यानले एनपिएललाई महत्वाकांक्षी योजनाका रुपम लिएको छ। दुई वर्षअघि पनि क्यानले फ्रेन्चाइज लिग ‘नेपाल टि–२० लिग’ गरेको थियो। त्यो बेला आयोजनाको सम्पूर्ण अधिकार भारतीय कम्पनीलाई दिँदा लिग विवादित बनेको थियो।

कार्यक्रममा एनपिएलमा ६ टोली हुने जानकारी दिइयो। टिमको स्वामित्व लिनका लागि क्यालने सर्वाजनिक सूचना निकाले आव्हान गरिसकेको छ।

सहभागी टोलीको टुंगो लागेपछि खेलाडी भित्र्याउने पक्रिया सुरु हुने क्यानले जनाएको छ।