लुम्बिनीमा एनपिएलको ट्रफी टुर हुँदै

31 Oct, 2025

नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गर्दै छ। लुम्बिनी लायन्सले शनिबार र आइतबार टुर आयोजना गर्ने छ।

टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने रहेको छ।

यो दुई दिन लामो टुरमा लायन्सले लुम्बिनी र बाँकेका प्रमुख शहर र सांस्कृतिक स्थलहरू भ्रमण गर्ने बताइएको छ। टिमले यस यात्रामार्फत स्थानीय समुदायसँग नजिकको सम्बन्ध बनाउने र क्षेत्रीय गौरव प्रकट गर्ने जनाएको छ।

पहिलो दिन शनिबार बिहान ९ः३० बजे ट्रफी टुर भैरहवा विमानस्थलबाट सुरु हुनेछ। त्यसपछि टिमले माया देवी मन्दिर, सिद्धार्थ रंगशाल, बेलहिया सुनौली, बुद्ध चौक, स्टार क्रिकेट एकेडेमी, मणिग्राम, कालिका नगर, मिलन चौक, ट्राफिक चौक, गोल पार्क र सिद्ध बाबा लगायत स्थानहरू भ्रमण गर्नेछ।

दोस्रो दिन बिहान ७ः०० बजे बेल्बासबाट सुरु हुने टुरले बाँकेसम्मको यात्रा तय गर्नेछ। सो दिन टिमले लमही, घोराही, भालुबाङ, तुल्सीपुर, कोहलपुर र नेपालगञ्जको बगैश्वरी मन्दिरलगायत स्थानहरूमा पुग्नेछ।

यसअघि ट्रफी टुर विराटनगर, जनकपुर, चितवन र पोखरामा ट्रफी टुर भइसकेको छ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]