एनपिएलको ट्रफी टुर भोलिबाट, ८ सहरमा प्रदर्शन गरिने

5 Sep, 2025
Share:
117 Shares

नेपाल प्रियिमर लिगको ट्रफी टुर भोलिबाट सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ एक कार्यक्रम गदैृ सोको जानकारी दिएको हो।

कार्यक्रममा क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिल प्रमुख पारस खड्काले ट्रफी टुर विराटनगरबाट सुरु भएको सुदूरपश्चिम पुगेका समापन हुने जानकारी दिए। उनले एनपिएलको दोस्रो संस्करण अझ भव्य हुने पनि बताए।

उनका अनुसार ट्रफी टुर भोलिबाट सुरु भएर भदौ २४ गते सकिने छ। यसबीचमा ट्रफी जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी र कार्णालीमा प्रदर्शन गरिने छ।

यस्तै, कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले एनपिएलको ट्रफी टुरले स–साना बालबालिकालाई क्रिकेटमा लाग्न प्ररणा दिने बताउँदै यसले नेपाली क्रिकेटलाई फइदा पु¥याउन बताए।

‘एनपीएलले देशको गौरव थप बढाउन मद्दत गरिरहेको छ र त्यसलाई यो ट्रफी टुरले थप ऊर्जा प्रदान गर्ने मलाई विश्वास छ,’ घिसिङले भने ।

एनपिएलको दोस्रो सिजन नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ। यो पटक केही खेलहरू फ्लर्ड लाइटमा खेलाउने तयारी छ। यो पटक दर्शकहरुले खेलको मजा प्यारापिटबाट लिन सक्ने छन्।