ट्राइ सिरिजमा अफगानिस्तानमाथि पाकिस्तानको जित

30 Aug, 2025

आसन्न एसिया कपको तयारी लागि अहिले पाकिस्तान, अफगानिस्तान र युएईबीच ट्राइ टि–२० सिरिजन भइरहेको छ। सारजाहमा सुरु भएको सिरिजको पहिलो खेलमा पाकिस्तान र अफगानिस्तान भीडे।

सारजाहमा भएको खेलमा पाकिस्तान ३९ रनले विजयी भयो। खेलमा १८३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १ बल बाँकी छँदै १४३ रनमै अलआउट भयो। उसका लागि कप्तान रसिद खानले सर्वाधिक ३९ रन बनाए। विस्फोटक ब्याटिङ गरेका उनले १६ बलमा १ चौका र ५ छक्का प्रहार गरे।

यस्तै, रमनुल्लाह गुर्बाजले २७ बलमा ३८, सदिकउल्लाह अछलले १९ बलमा २३ र दर्विस रसोलीले १३ बलमा २१ रन बनाए। अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा पाकिस्तानका लागि ह्यारिस रउफले ४ तथा साहीन साह अफ्रिदी, मोहम्मद नवाज र सुफियान मुकिमले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले कप्तान सलमान अलि आघाको अर्धशतक मद्दतमा ७ विकेटको क्षतिमा १८२ रन बनायो। आघाले ३६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५३ रन बनाउँदा साहिबाज्दा फरहान र मोहम्मद नवाजले समान २१ र फखर जमानले २० रन बनाए।

बलिङमा अफगानिस्तानका फरिद अहमदले २ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]