नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने बताएका छन्।
सिंगापुरमा सम्पन्न आईसीसीको वार्षिक सम्मेलन शनिबार सम्बोधन गर्दै राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका पारसले नेपाल टेस्ट राष्ट्र बन्नु समाना मात्र नभएर आफूहरुको प्रतिबद्धा बताएको बताए।
‘हामीसँग फ्यान छन्, सरकार र आईसीसीको समर्थन छ। हामी वेस्ट इन्डिजसँग पहिलोपटक सिरिज खेल्दैछौं,’ सम्बोधनका क्रममा पारसले भने, ‘नेपाल छिट्टै टेस्ट राष्ट्र बन्नेछ—यो हाम्रो सपना मात्र होइन, हाम्रो प्रतिबद्धता हो।’
सम्मेलनमा पारसले नेपालको क्रिकेट यात्रा र भविष्यको दृष्टि प्रस्तुत गरेका छन्। नेपाली क्रिकेटले अहिलेसम्म गरेको यात्रा अविश्वसनीय भएको बताउँदै यो यात्रा नोकिने र अझै योजनाबद्धरूपमा अघि बढ्ने बताए।
पारसले कार्यक्रममा क्यानले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएए) नेपाली क्रिकेटको रूपान्तरणकारी क्षण भएको बताए। उनले एनपिएल नेपालमा मात्र समीति नभएको बताउँदै यसले संसारको ध्यान खिचेको बताए।

‘एनपिएल नेपालभित्र सीमित रहेन, यसले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिच्यो। शिखर धवन र जिमी नीशमजस्ता स्टार खेलाडी आए। ब्रायन लाराजस्ता महान व्यक्तित्व नेपाल आए। जिमी नीशमले आफ्नो पहिलो फ्रेन्चाइज टाइटल नेपालमै जिते,’ पारसले भने।
पारसले नेपालले दुईवटा विश्वकप, एसिया कप खेलेको उल्लेख गर्दै विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले मात्र हार्नु र अमेरिकाको डलासमा ८ हजार नेपाली दर्शक उपस्थित हुनुले क्रिकेटमा नेपालको शक्ति देखाएको बताए।
महिला क्रिकेटमा पूर्ण सदस्य बन्नु महत्वपूर्ण भएको बताउँदै त्यसलाई क्यालने प्राथमिकतामा राखेको उल्लेख गरे। नेपाली महिला क्रिकेट टिम पहिलो पटक टि–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको एललेख गर्दै उनले अब पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गरे।
सोही सम्मेलनमा नेपाललाई आईसिसीले ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रादान गरेको थियो। नेपालले लगातार दोस्रो पटक यो अवार्ड पाएको हो।
