पिएम कपको विभागीय डर्बीमा आर्मीको रवाफ, १८ खेलपछि टुंगियो पुलिसको अपराजित यात्रा

27 Mar, 2025

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको समूह चरणको अन्तिम विभागीय डर्बीमा त्रिभुनव आर्मी क्लब विजयी भएको छ। शनिबार भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा भएको विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लबमाथि ४ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै पुलिसले दिएको १४९ रनको सामान्य लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। आर्मीको जितमा विवेक यादवले सर्वाधिक ४१ रन बनाउँदा तृतराज दासले २५, इमरान शेखले २३ र सन्तोष कार्कीले २२ रन बनाए।

बलिङमा पुलिसका ललित राजवंशी पुनः चम्किए। उनले १० ओभरमा २ मेडनसहित ३४ रन मात्र खर्चेर ४ विकेट लिए। जारी प्रतियोगिताका ९ खेलमा उलने कुल ४० विकेट लिएका छन्। यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १ किवेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको राम्रो ब्याटिङ गर्न सकेन। ऊ ४२.४ ओभरमा १४८ रनमै अलआउट भयो।

उसका लागि कप्तान दीपेन्द्रसिंह उेरीले अर्धशतक बनाए पनि अन्यले गतिलो योगदान दिन सकेनन्। दीपेन्द्रले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए। यस्तै, आरिफ सेखले २२, गुल्सन झाले १७ र सागर ढकालले १७ रनको इनिङ खेले।

बलिङमा आर्मीका साहब आलमले ४ विकेट लिए भने नरेन साउदले ३ विकेट लिए।

योसँगै पुलिसको अपराजित यात्रा १८ खेलपछि टुंगिएको छ। उसले अघिल्लो सिजन अपाजित रहँदै उपाधि जितेको थियो।