पिएम कप महिला क्रिकेट : कोशीले बामगतीलाई हरायो, मधेशविरुद्ध आर्मी १७ बलमै विजयी

19 Jan, 2025

धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा आइतबार कोशी प्रदेश र विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले हरायो। खराब मौसमका कारण १३ ओभरमा झारिएको खेलमा ६४ रनको लक्ष्य पछ्याएको बागमती १२.१ ओभरमा ५३ रनमा अलआउट भयो।

उसका लागि सबिका यादवले सर्वाधिक २० रन बनाउँदा विपिशा शाहीले १२ रन बनायो। अन्य भने सस्तैमा आउट भए। बलिङमा कोशीका रुविना क्षेत्री, ज्योति दनुवार र संगीता राईले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कोशीले ७ विकेट गुमाउँदै ६३ रन बनायो। उसका लागि विमला मलाहले सर्वाधिक १९ रन बनाउँदा रुविना क्षेत्रीले १५ रन बनाइन्। बागामतीले १४ अतिरिक्त रन दिएको थियो। बलिङमा बागमतीका मनिषा उपाध्यायले ४ विकेट लिइन्।

यस्तै, अर्को खेलमा विभागीय टिम आर्मीले मधेश प्रदेशमाथि १० विकेट सानदार जित निकाल्यो। उसले मधेशविरुद्ध १७ बलमा जित निकालेको थियो। मधेशले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले २.५ बलमा विना क्षति भेट्टायो। उसका लागि सम्झाना खड्काले १० बलमा २२ रन बनाउँदा अञ्जली विश्वकर्माले ४ रन बनाइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको मधेश १५.२ ओभरमा २५ रनमै अलआउट भयो। उसका लािग भूमी सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा स्कार बनाउन सकेनन्। उसका ६ ब्याट्म्यान डक आउट भएका थिए।

मधेशको इनिङ धरासायी बनाउने क्रममा आर्मीका आश्मा पुलामी मगरले ३ विकेट लिँदा लक्ष्मी साउद र मनिषा चौधरीले समान २ विकेट लिए।