एनपिएलमा पोखरा र सुदूरपश्चिम भीड्दै, कसले निकाल्ला जित?

21 Nov, 2025

कीर्तिपुरस्थित टियू स्टेडियममा जारी नेपाल प्रियिमर लिगको दोस्रो संस्कणमा आज पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सको सामाना गर्नेछ। खेल साँझ ४ बजे सुरु हुनेछ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने दाउमा छ।

पोखरा पहिलो खेलमा विरटागनर किंग्ससँग ५३ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने सुदूरपश्चिमले लोस्कोरिङ थ्रीलर म्याचमा काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो।

पोखराले टिममा केही परिवर्तन गर्न सक्नेछ। उसले डान डौथवेटको स्थानमा रेमन रेइफरलाई खेलाउन सक्ने छ भने अविषेक तिवारीको स्थानमा विपिन खत्रीलाई खेलाउन सक्छ। यता, सुदूरपश्चिमले पुरानै प्लेइङ सेट मैदान उतार्ने सम्भावना छ।

उसले दुई अस्ट्रेलिन खेलाडी जोश ब्राउन र क्रिस लिनको ब्याटबाट रनको अपेक्षा गर्नेछ। दुवै खेलाडी पहिलो खेलमा सस्तैमा आउट भएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]