नेपाल प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले तेस्रो जित निकालेको छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा आज भएको खेलमा पुलिसले पर्सा ११ लाई २५ रनले पराजित गरेको हो।
पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो। जवाफमा पर्सा ११ ले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९९ रनमात्रै जोड्न सक्यो ।
पर्साका लागि पवन शर्राफले ३२ रन जोडेका थिए।
यसैगरी कप्तान सन्दीप लामिछानेले २३ रन बनाउँदा सुरज पटेलले १७ तथा रुपेश सिंहले १५ रन जोडे। अन्य खेलाडीको प्रदर्शन भने विर्सन लायक रह्यो।
पुलिसका सागर ढकाल, ललित राजवंशी र करण केसीले दुई दुई विकेट लिँदा रासिद खान र शेर मल्लको नाउँमा एक एक विकेट रह्यो।
पहिला ब्याटिङ गर्दा पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो । सुरुआतमै सुनिल धमला र दिलिप नाथलाई खाता नखोल्दै गुमाएको पुलिसका लागि कप्तान आरिफ शेखले २२ रन बनाए।
अमित सिंहले २६ रनको नटआउट पारि खेल्दा करण केसीले पनि धुवाँधार २९ रनको नटआउट पारि खेले । करणले १२ बलमा २९ रन बनाउँदा दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै, शंकर रानाले १७ रन बनाउँदा अर्जुन साउदले ११ रन जोडे।
पर्साका लागि अनिल साहले २ विकेट लिँदा समसद मन्सुरी र रुपेश सिंहले एक एक विकेट लिए। जितसँगै पोलिस क्लब ६ अंकका साथ दोस्रो स्थानमा छ।