विश्वकप सुरु हुनैलाग्दा क्यानडाले किन गर्‍यो पुबुदुलाई बर्खास्त?

23 May, 2024

आईसिसी टि–२० विश्वकप अर्को साताबाट अमेरिका र वेस्टइन्डिजमा सुरु हुँदैछन्। जहाँ एसोसिएट् राष्ट्र क्यानडाले पनि सहभागीता जनाउँदैछ।

विश्वकपको उद्घाटन खेलमै क्यानडाले अमेरिकाले क्यानडासँग खेल्नेछ। तर, क्यानडाले विश्वकप सुरुहुनै लाग्दा मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको छ।

टिमलाई विश्वकपमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका पुबुदुलाई क्यानडाले बर्खास्त गरेपछि धेरैले आश्यर्च व्यक्त गरेका छन्।

श्रीलंका पूर्वखेलाडी पुबुदु सन् २०२२ जुलाईमा क्यानडाको प्रशिक्षकम दोस्रो कार्यकालका लागि नियुक्त भएका भएका थिए। उनकै प्रशिक्षणमा क्यानडाले सन् २०२३मा एकदिवसीय मान्यता पाएको थियो भने विश्वकप लिग–२मा छनोट भएको थियो।

खेलाडीहरु असन्तुष्ट रहेको भन्दै क्रिकेट क्यानडाका नवनिर्वाचित उपाध्यक्ष गुरदीप क्लेयरले पुबुदुलाई मुख्य प्रशिक्षकबाट हटाएका हुन्। खेलाडीहरूले पुबुदुसँग आफूहरु सन्तुष्ट नभएको भन्दै पत्र लेखेको बताइएको छ।

पुबुदुलाई बर्खास्त गरिएपनि क्रिकेट क्यानडाले नयाँ प्रशिक्षक बने घोषणा गरिसकेको छैन। क्रिकेट क्यानडाको बोर्ड बैठक बसेर नयाँ प्रशिक्षक चयन गर्ने बताइएको छ।

पुबुदुले दुई कार्यकाल नेपाली टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका छन्। उनको पहिलो कार्यकाल निकै सफल थियो। डिभिजन ५ बाट डिभिजन २ खेल्दै नेपाली टिममले एकदिवसीय मान्यता पाएको थियो भने सन् २०१४मा टि–२० विश्वकप पनि खेलेको थियो। तर, उनको दोस्रो कार्यकाल भने सफल हुन सकेन। उनी केही महिनामै नेपाली टिम छाडेका थिए।