नेपालसँगको खेलपछि प्रशिक्षक पुबुदु भन्छन्– नेपालसँग खेल्न पाउँदा खुसी छु

28 May, 2024

क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले नेपालसँग खेल्न पाउँदा आफू नै खुसी भएको बएताका छन्। टि–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपाललाई ६३ रनको फराकिलो अन्तरले हराएपछि पुबुदुले नेपाली पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

नेपालले १० वर्षपछि विश्वकप खेल्न लगोको भन्दै नेपाल यसअघि पनि विश्वकप खेल्न योग्य टिम भएको थियो। सन् २०१४मा पुबुदुकै प्रशिक्षणम नेपालले पहिलो पटक विश्वकप खेलेको थियो।

‘नेपालले १० वर्षपछि विश्वकप खेल्दै छ, तर नेपाल योभन्दा पनि अगाडि पनि ट्वान्टी(२० विश्वकप खेल्न योग्य थियो।म अहिले खुसी छु, नेपालले राम्रो खेलेर पुनः विश्वकपमा पुगेको छ,’ उनले भने, ‘म पनि घर फर्किन पाएकोमा खुसी छु र क्यानडालाई पहिलो पटक टि–२० विश्वकपमा पुर्‍याउन पाएकोमा खुसी छु।’

२०११ मा पहिलो पटक नेपालको प्रशिक्षक भएका पुबुदु २०१५ मा फर्किएका थिए र पछि अमेरिकाको प्रशिक्षक भए। २०२२ मा पुनः नेपालको प्रशिक्षक भए पनि पुबुदुको कार्यकाल ६ महिनामात्र टिक्न सक्यो र नेपालबाट फर्किएलगत्तै उनी क्यानडाको प्रशिक्षक बनेका थिए।

अब नेपालले मे ३०मा अमेरिकासँग दोस्रो वार्मअप म्याच खेल्ने छ। नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।