पुजा महतो बनिन् जनकपुर बोल्ट्सकी ‘फेस अफ द बोल्ट्स’

19 Nov, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिग टिम जनकपुर बोल्ट्सले नेपाली यू–१९ क्रिकेट टिमकी कप्तान पुजा महतोलाई ‘फेस अफ द बोल्ट्स’ घोषणा गरेको छ।

सोमबार साँझ जनकपुरमा आयोजित आधिकारिक जर्सी सार्वजनिक कार्यक्रममा जनकपुरले पुजालाई ‘फेस अफ द बोल्ट्स’ को रूपमा घोषणा गरेको हो।

कार्यक्रममा ‘फेस अफ द बोल्ट्स’ घोषणा गर्दै जनकपुरले पुजालाई नगद ५० हजार रुपैयाँसहित सम्मान पनि गरेको छ।

पुजाले आफ्नै कप्तानीमा नेपाललाई पहिलो पटक यू–१९ महिला विश्वकपमा छनोट गराइएकी थिइन्। छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै उनी प्लेअर अफ दी सिरिज पनि बनेकी थिइन्।

आठ टिम सहभागी एनपिएल मंसिर १५ गतेदेखि काठमाडौँमा सुरू हुँदैछ। आसिफ सेख मार्की खेलाडी रहेको जनकपुरले मंसिर १५ गते उद्घाटन खेलमा विराटनगर किंग्सको सामना गर्ने छ।

उसले प्रतियोगिताका लागि विदेशी खलाडीमा न्युजिल्यान्डका अलरान्डर जिमी निसम, पाकिस्तानका सोयब मक्सुद र मुहम्मद मोहसिन, श्रीलंकाका लहिरु मिलान्था, अमेरिकाका जोसुआ ट्रुम्पलाई अनुबन्धन गरेको छ।