त्रिकोणात्मक सिरिजको उत्कृष्ट नेपाली खेलाडी बन्दै पूजाले जितिन् स्कुटर

7 Feb, 2025

नेपाली महिला टिमकी अलराउण्डर पूजा महतो नेदरल्याण्ड्स, थाइल्याण्ड र नेपालबीच भएको त्रिकोणात्मक टि२०आई सिरिजको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छिन्।

यससँगै त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम दिन उत्कृष्ट नेपाली खेलाडीले पाउने यामाह स्कुटर पूजाले प्राप्त गरेकी हुन्। पूजाले सिरिजका ६ खेलमा १ सय ३४ रन बनाउनुका साथै ३ विकेट लिएकी थिइन्।

पूजाले नेदरल्याण्ड्सविरुद्धको खेलमा नटआउट अर्धशतक प्रहार गरेकी थिइन्। उनी नेपालको लागि सबै बढी रन बनाउने खेलाडी र सर्वाधिक विकेट लिनेको सुचीमा चौथो स्थानमा छिन्।

अन्तिम खेलमा थाइल्याण्डसँग ७ विकेटले पराजित भएसँगै नेपालले जीतविहिन रहेर सिरिज टुंग्याएको छ। ६ खेलमा ५ जीत निकालेको थाइल्याण्ड सिरिज जित्न सफल भयो भने ६ खेलमा ४ जीतसहित नेदरल्याण्ड्स दोस्रो भयो।

सिरिजको सर्वोत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिप्चा पुत्थावोंग भइन्। उनले सिरिजका ६ खेलमा १६ विकेट लिएकी थिइन्।