यू-१६ इस्ट जोन कप : रौनकको शतकमा नेपालले दियो भुटानलाई ३५९ रनको लक्ष्य

1 Jul, 2025

मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपमा नेपालले चौथो खेलमा भुटानलाई ३५९ रनका विशाल लक्ष्य दिएको छ। जारी खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनायो।

नेपालका लागि रौनक श्रीवास्तवले शतक प्रहार गरे। उनले १२३ बलमा १६ चौका र ५ छक्का मद्दतमा १६८ रनको उत्कृष्ट पारी खेले। यस्तै, जोय थापाले ६७ बलमा ६१ रन बनाउँदा शिवान्स बजगाईंले ५२ बलमा ५४ रन बनाए।

रौनक र जोयले पाँचौं किवेटका लागि १३० बलमा १७० रनको उत्कृष्ट साझेदारी गरेका थिए। यस्तै, रौतकले तेस्रो विकेटका लािग शिवान्ससँग ९१ र चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनकाृ साझेदारी गरेका थिए।

बलिङमा भुटानका संगय दोजीएले ३ तथा तेन्जिन लोडी जाम्ट्सोले १ विकेट लिए।

लागतार तेस्रो जित निकाल्दै नेपाल यसअिघ नै सेमिफाइनलमा पुगिसेकको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]