वेस्टइन्डिजका अलराउन्डर रेमोन रेइफरले दोस्रो सिजनको नेपाल प्रियिमर लिग पनि खेल्न भएका छन्। पहिलो सिजन पोखरा एभेन्जर्सबाट खेल्दै बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई दोस्रो सिजनका लागि पनि पोखराले नै अनुबन्धन गरेको हो।
उनी दोस्रो सिजनका लागि पोखरामा आबद्ध हुने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि पोखराले इंग्लिस विकेटकिपर ब्याट्सम्यान एडम रोसिङटनलाई अनुबन्धन गरेको थियो।
रेइफरले पहिलो सिजन पोखराबाट १४६ रन बनाएका थिए। उनी पोखराका लागि सर्वाधिक रन बनाउने खेलाडीमा सूचीमा तेस्रो स्थानमा थिए। यस्तै, उनले बलिङमा ५ विकेट लिए।
उनले एनपिएलको एकमात्र सुपर ओभरमा विराटनगरविरुद्ध बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनैले अन्तिम बलमा छक्का हान्दै खेल्ललाई सुपर ओभरमा पु¥याएका थिए भने सुपर ओभरमा पनि २ छक्का र चौका प्रहार गरेका थिए। बलिङमा उनले बाउन्ड्री नदिइ ४ रन मात्र खर्चंदै टिमलाई जित दिलाएका थिए।
वेस्टइन्जिडको टिमका रहेपनि उनले डेब्यूको अवसर भने पाएका थिएनन्। उनी सन् २०१७मा वेस्टन्डिजको टिममा परेका थिए।
३४ वर्षीय रेइफरले चार टिमबाट सिपिएल खेलेका छन् भने बंगलादेश प्रियिमर लिग, आईएल टि–२० र ग्लोबल टि–२० लिग क्यानडा पनि खेलेका छन्। उनले करिअरमा ९३ टि–२० खेल खेल्दै ११२४ रन र ६६ विकेट लिएका छन्।
