चौथो जितसँगै बैंग्लुरु अन्तिमबाट सातौं स्थानमा उक्लियो

5 May, 2024

जारी आईपिएलमा रोयल च्यालेन्जर्स बैैंग्लुरुले विजयी भएको छ। शनिबार राति चिन्नश्वासमीमा भएको खेलमा बैंग्लुरुले जुगराज टाइटन्समाथि ४ विकेटको जित निकाल्यो।

यो बैंग्लुरुको लातार तेस्रो र समग्रमा चौथो जित हो। चौथो जितसैं बैंग्लुरु पुछारबाट सातौं स्थानमा उक्लिएको छ। अब बाँकी ३ खेल जिते उ प्लेअफमा पुग्न सक्नेछ। त्यसका लागि अन्य खेलको नतिजामा पनि भर पर्छ।

गुजरात पनि ८ अंकसहित नै नवौं स्थानमा छ। उसको प्लेअफ सम्भावना कायमै छ।

गुजरातले दिएको १४८ रन सामान्य विजय लक्ष्य बैंग्लुरु १३.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। पावरप्लेमै ९२ रन बनाउँदा पहिलो विकेट गुएको बैंग्लुरु त्यसपछि लागतार ५ विकेटका जाँदा दबाबमा परेको थियो। त्यसपछि ५ विकेट उसले २५ रन जोड्दा गुमाएको थियो।

उसका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका सहित ६४ रन बनाए। विराट कोहलीले २७ बलमा ४ छक्का र २ चौकासहित ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे।

दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे। बलिङमा गुजराजतका जोश लिटलले ४ विकेट लिए भने नुर अहमदले २ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो। उसका लागि शाहरुख खानले सर्वाधिक ३७ रन बनाउँदा राहुल तेबतियाले ३५ र डेभिड मिलरले ३० रन बनाए।

बलिङमा बैंग्लुरुका मोहम्मद सिराज, यश दयाल र विजयकुमार वाइशाकले समान २ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]