भारतीय बलर यश दयालमाथि नाबालिग बलात्कारको आरोप

25 Jul, 2025

भारतीय फास्ट बलर यश दयालमाथि नाबालिग बलात्कारको आरोप लागेको छ।

रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पहिलो पटक आईपिएल च्याम्पियन बनाउन महत्पूर्ण भूमिका खेलेका दयालविरुद्ध जयपुरको सांगानेर सदर प्रहरी चौकी नाबालिका बलात्कार आरोपमा उजुरी दर्ता भएको बताइएको छ।

प्रहरीले २३ जुलाईमा बलात्कारसम्बन्धी भारतीय न्याय संहिता र यौन अपराधबाट बालबालिकाको संरक्षण ऐनअन्तर्गत दयालविरुद्ध एफआईआर दर्ता भएको जनाएको छ। उनीविरुद्ध १७ वर्षीया दुई किशोरीमाथि यौन शोषण गरेको ओरोप छ।

२७ वर्षीय दयालविरुद्ध क्रिकेटमा करियर बनाउन सहयोग गर्ने प्रलोभन देखाई २०२३ यता पटक–पटक यौन शोषण गरेको आरोप पीडितले लगाएका छन्।

पीडितका अनुसार सन् २०२३ मा पहिलो यौन शोषण हुँदा उनी नाबालिग थिए। पीडितले पछिल्लो पटक जयपुरमा आईपिएलको खेल खेल्न आएका बेला अप्रिलमा एक होटलमा बोलाएर यौन शोषण गरेको उल्लेख गरेकी छिन्। अहिले प्रहरीले पीडितको बनाय लिइरहेको छ।

प्रहरीले उनीविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को दफा ६४ र पोकसो ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । यसमा दोषी देखिए दयालविरुद्ध १० वर्षको जेल सजाय हुनसक्छ ।

दयालविरुद्ध यसअघि पनि बलात्कारको आरोप लागेको छ। गत जुलाई ६ मा गाजियाबादमा एक महिलाले पाँच वर्षको सम्बन्धमा विवाहको झुटो वाचा देखाई शारीरिक र मानसिक शोषण गरेको आरोप लगाउँदै एफआईआर दर्ता गराएकी थिइन्। तर, इलाहाबाद उच्च अदालतले गत जुलाई १५ मा उनलाई गिरफ्तार नगनए अन्तरिम आदेश दिएको थियो। सो आदेश पछि उनी पक्राउ भने परेका थिएनन्।

दयाल अहिले कहिरयरको उच्च लयमा छन्। उनी भारतीय टिममा पर्न संघर्ष गरिहेका छन्। तर, यो घटनाले उनको क्रिकेछ करिअरमा ठूलो धक्का लाग्न सक्छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]