बेंग्लुरू र सनराइजर्सबीचको खेल बेंग्लुरूबाट लखनउ सारियो

21 May, 2025

शुक्रबार चिन्नास्वामीमा हुने भनिएको रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदरावादबीचको खेल अब त्यहाँँ नहुने भएको छ। मौसमको खराबीका कारण खेल सारिएको हो।

बेंग्लुरुमा केही दिनयता निरन्तर भारी वर्षा भाइरहेकाले आईपिएल गभर्निङ काउन्सिलले खेल सार्ने निर्णय गरेको हो। वर्षाकै कारण कोलकाता नाइटराइडर्स र बेंग्लुरुबीचको खेल पनि रद्द भएको थियो।

भारतीय मौसम विभागले बेंग्लुरुमा बिहीबारसम्म भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ। लगातारको वर्षाले बेंग्लुरुका धेरै भाग जलमग्न भएका छन्, जसले गर्दा बीसीसीआईले अन्तिम समयमा यो ठूलो निर्णय लिन बाध्य भएको हो।

यो परिवर्तनसँगै आरसीबीले लिगका बाँकी दुवै खेल एकाना स्टेडियममा खेल्ने छ। उसले मे २३ मा हैदरावाद र मे २७ मा लखनउ सुपर जायन्ट्ससँग खेल्ने छ। यसले बेंग्लुरुलाई भने फाइदा भएको छ। यो सिजन घरबाहिर उसले शतप्रतिशत जित निकालेको छ।

बैंग्लुरु १२ खेलमा १७ अंकसहित दोस्रो स्थानमा छ भने हैदरावाद भने ९ अंकसहित आठौं स्थानमा छ। बेंग्लुरु यसअघि नै प्लेअफमा भने पुगिसकेको छ। उसको नजर शीर्ष दुईमा छ।

यस्तै, बीसीसीआईले बाँकी लिग खेलहरूका लागि वर्षाका कारण खेल रोकिए एक घण्टा समय उपलब्ध गराउने निर्णय पनि गरेको छ। अब वर्षाले खेल रोकिए २ घण्टासम्म ओभर घटाइने छैन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]