कीर्तिपुरस्थित टियू मैदानमा भोलिबाट टि २० विश्वकपको छनोट सुरु हुँदैछ। नेपालले घरेलु मैदानको फाइदा उठाउँदै विश्वकपमा छनोट हुने लक्ष्य बनाएको छ।
नेपाली टिमका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपाली टोलीले राम्रो खेलिरहेको दाबी गदै त्रिकोणात्मक सिरिजमा भएको गल्तीलाई सुधार गर्दै विश्वकप खेल्ने विश्वास व्यक्त गरे।
‘हामीले सुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौं । तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो,’ कप्तान रोहितले भने।
उनले ब्याटिङ अर्डर पनि आवश्यकताका आधारमा परिर्माजन हुने बताए । उनले भने ‘हामी लचक हुनुपर्छ। ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ।’
कुनै पनि टीमलाई कमजोररूपमा नलिइने र आफ्नो बेस्ट क्रिकेट खेल्ने कप्तान पौडेलको भनाई छ। सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने उनीहरुको विश्वास छ।