रोहित शर्मा बने करिअरमै पहिलो पटक एकदिवसीयकाे नम्बर १ ब्याट्सम्यान

29 Oct, 2025

भारतीय पूर्वकप्तान रोहित शर्मा करिअरमै पहिलो पटक एकदिवसीय क्रिकेटको नम्बर एक ब्याट्सम्यान बनेका छन्। आईसिसीको नयाँ अपटेड अनुसार र सुभमन गिललाई पछि पार्दै रोहित एकदिवसीयको नम्बर एक ब्याट्सम्यान बनेका हुन्।

यसै साता अस्ट्रेलियामा भएको सिरिजमा एक शतक र एक अर्धशतक बनाए पछि रोहित एकदिवसीय ब्याटिङको ¥याङकिङमा शीर्ष स्थानमा पुगेका हुन्।

लामो सयमदेखि भारतका लागि खेलिरहेका रोहितले ३८ वर्षको उमेरमा यो उपलब्धि हाँसिल गरेका हुन्। उनी एकदिवसीयको नम्बर एक ब्याट्सम्यान बन्ने सबैभन्दा पाक खेलाडी पनि हुन्।

रोहितको ७८१ रेटिङ प्वाइन्ट छ भने दोस्रो स्थानमा रहेका अफागनिस्तानका इब्राहिम जद्रानको ७६४ र तेस्रो स्थानमा झरेका गिलको ७४५ रेटिङ प्वाइन्ट छ। चौथो स्थानमा पाकिस्तानका बाबर आजम छन् भने न्युजिल्यान्डका डार्यल मिचेल पाँचौं र विराट कोहली सातौं स्थानमा छन्।

बलिङतर्फ रसिद खान शीर्ष स्थानमा रहँदा केशव महाराज दोस्रो, महिस थिक्साना तेस्रो, मिचेल सान्टनर चौथो र जोफ्रा आर्चर पाँचौं स्थानमा छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]