टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास

7 May, 2025

भारतीय स्टार ब्याट्सम्यान तथा कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३८ वर्षीय रोहितले बुधबार रेड बल क्रिकेट छाड्ने घोषणा गरेका हुन्। गत घरमै भएको न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज र अस्ट्रेलिविरुद्धको बोर्डर–गास्कर ट्रफीम खराब प्रदर्शन गरेपछि रोहितले टेस्ट क्रिकेटबाट सन्न्यास लिनुपर्ने धेरैले धराणा राखेका थिए।

यसअघि नै टि–२० क्रिकेटबाट सन्न्यास लिइसकेका रोहित एकदिवसीय क्रिकेटमा मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा देखिने छन्।

यो घोषणाले विश्व क्रिकेटमा ठूलो चर्चा उत्पन्न गरेको छ, किनकि रोहित भारतीय टेस्ट क्रिकेटका प्रमुख खेलाडी र कप्तान थिए।

सन्न्यासको घोषणा गर्दै रोहितले टेस्ट क्रिकेटमा भारतको प्रतिनिधित्व गर्नु सम्मानको कुरा भएको बताएको छन्। नयाँ पुस्तालाई अवसर दिन सन्न्यास लिएको उनले बताएका छन्।र

‘सेतो जर्सीमा भारतको प्रतिनिधित्व गर्नु मेरो लागि सधैं गर्वको क्षण थियो। यो कठिन निर्णय थियो, तर मलाई लाग्छ कि अब नयाँ पुस्तालाई अवसर दिने समय आएको छ,’ उनले भनेका छन्।

रोहितले टेस्ट करियरमा समर्थन गर्ने प्रशंसक, टोलीका साथीहरू, प्रशिक्षक र बिसिसिआईप्रति आभार व्यक्त गरेका छन्।

रोहितको यो निर्णय हालैको अस्ट्रेलिया भ्रमणमा उनको खराब फर्म र टोली व्यवस्थापनसँगको असहमतिपछि आएको हो। सिड्नी टेस्टमा उनले आफूलाई टोलीबाट हटाएका थिए, जसलाई उनले टोलीको हितमा लिएको निर्णय भनेका थिए। यद्यपि, उनले सन्यासको अफवाहलाई त्यतिबेला खण्डन गरेका थिए।

रोहितले ६७ टेस्ट खेलमा ४०.५७ को औसतमा ४३०१ रन बनाएका छन्। जसमा १२ शतक र १८ अर्धशतक सामेल छ। टेस्ट करियरमा विशेषगरी इंग्ल्यान्डमा उनको प्रदर्शन उल्लेखनीय रह्यो, जहाँ उनको औसत ४४.६६ को छ।

रोहितको कप्तानीमा भारतले २०२३ मा विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेलेको थियो, यद्यपि अस्ट्रेलियासँग हार बेहोरेको थियो। उनको नेतृत्वमा भारतले घरेलु मैदानमा लगातार बलियो प्रदर्शन गरेको थियो।

हालैको अस्ट्रेलिया भ्रमणमा रोहितको ब्याटिङ फर्म निकै कमजोर रह्यो। उनले ५ इनिङ्समा मात्र ६.२० को औसतले रन बनाए, जसले उनको कप्तानी र टेस्ट भविष्यमाथि प्रश्न उठाएको थियो । केही विश्लेषकहरूले उनको उमेर र लगातार खराब प्रदर्शनलाई सन्यासको कारणको रूपमा औंल्याएका छन्। यद्यपि, रोहितले आफ्नो टेस्ट करियरप्रति सन्तुष्टि व्यक्त गर्दै भने, ‘म मेरो टेस्ट रेकर्डसँग खुशी छु। यो सबै भाग्यमा लेखिएको छ।’

भविष्यको योजना

रोहितले एकदिवसीय क्रिकेटमा भारतको कप्तानी र खेल जारी राख्ने स्पष्ट पारेका छन्। उनको नेतृत्वमा भारतले हालै च्याम्पियन्स ट्रफी जितेको थियो, जसले उनको सीमित ओभरको क्रिकेटमा प्रभावकारिता देखाउँछ। साथै, उनी इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सका लागि खेलिरहेका छन्, जहाँ उनले १० खेलमा २९३ रन बनाएका छन्, जसमा तीन अर्धशतक समावेश छन्।

०००

रोहितको टेस्ट क्रिकेटबाट सन्यासले भारतीय क्रिकेटमा एक अध्यायको अन्त्य भएको छ। उनको नेतृत्व, ओपनिङ ब्याटिङ र शान्त स्वभावले उनलाई विश्व क्रिकेटमा विशेष स्थान दिलाएको छ। अब सबैको ध्यान उनको एकदिवसीय करियर र आगामी इंग्ल्यान्ड भ्रमणमा भारतको नयाँ टेस्ट नेतृत्वमा केन्द्रित हुनेछ।