नेपाली क्रिकेट टिमले भोलि बिहान टि–२० विश्वकपमा तेस्रो खेल खेल्दै छ। सेन्ट भिसेन्टस्थित किंग्स टाउन रंगशलामा बिहान सबा ५ बजे हुने खेलमा नेपालले सुपर ८मा पुगिसकेको बलियो दक्षिण अफ्रिकाको सामाना गर्नेछ।
२ खेलमा १ अंक जोडेको नेपाललाई सुपर ८ को सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने हुन्छ।
दक्षिण अफ्रिकाविरुद्धको खेल नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले राम्रो क्रिकेट खेले दक्षिण अफ्रिकालाई हराउन सकिने बताउँदै जितकै लागि मैदान उत्रने बताए।
‘सबै खेलाडी उत्साहित छौं। स्किल दक्षिण अफ्रिकाको राम्रो भएपनि हामीले हाम्रो उत्कृष्ट खेल खेल्छौं। हराउन सकिन्छ भन्ने लाग्छ,’ उनले भने, ‘टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक–दुई जनाको प्रदर्शनले हुँदैन, सबैले एक टिम भएर खेल्नुपर्छ।’
रोहितको सन्दीप लामिछानेको आगमनले टिम बलियो भएको बताए। सिपिएल खेलिसकेकाले यहाँ सन्दीपको भूमिको महत्वपूर्ण हुने उनले बताए।
‘दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य दिन सके हामीले बलिङमा राम्रो गर्न सक्छौं भन्ने लाग्छ। अर्को तर्फ हाम्रो टोलीमा सन्दीप दाइ पनि थपिनुभएको छ, उहाँको भूमिका महत्वपूर्ण हुनेछ’ रोहितले भने।