अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले जितेको छ। शुक्रबार मुकाइमा भएको भएको खेलमा अस्ट्रेलियालाई ८४ रनले हराउँदै घरेलु टोलीले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो।
२७८ रनको मध्यम लक्ष्य पछ्याएको अस्ट्रेलिया ३७.४ ओभरमा १९३ रनमै अलआउट भयो। उसका लागि जोश इंग्लिसले ७४ बलमा १० चौका र २ छक्का मद्दतमा ८७ रन बनाए पनि अन्यले साथ दिन सकेनन्।
उनीबाहेक क्यामरुन ग्रीनले ३५, कप्तान मिचेल मार्सले १८, एलेक्स क्यारीले १३ र आरोह हार्डीले १० रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
अस्ट्रेलियाको इनिङ धरासायी बनाउने क्रममा दक्षिण अफ्रिकाका लुंगी एनगिदीले ५ विकेट लिए। उनले ८.४ ओभरमा ४२ रन खर्चिए। यस्तै, नान्द्रे बर्गर र सेनुन मुथुसामीले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेका दक्षिण अफ्रिकाले ४९.१ ओभरमा अलआउट हुँदे २७७ रन बनाएको थियो। उसका लािग ट्रिस्टन स्टब्स र म्याथु ब्रिट्ज्केले अर्धशतक बनाए। जसमा ब्रिट्ज्केले ७८ बलमा ८८ रन बनाउँदा स्टब्सले ८७ बलमा ७४ रन बनाए। यी दुई चौथो विकटका लागि ८९ रनको महत्वपूाणर्् साझेदारी गरेका थिए।
यस्तै, टोनी जे जोर्जीले ३८, विअन मुल्डरले २६ र केशभ महाराजले २२ रनको योगदान दिए। बलिङमा अस्ट्रेलियाका एडम जम्बाले ३ तथा मार्नुस लाबुसेन, नाथन इलियस र जाभियर ब्राटलेटले समान २ विकेट लिए।
यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका ९८ रनले विजयी भएको थियो। अन्तिम खेल आइतबार हुने छ।
