सकिब अल हसन भन्छन्– नेपालको खेल हेरेको छु, उसले साँच्चै राम्रो क्रिकेट खेलिरहेको छ

24 May, 2024

विश्वक क्रिकेटकै उत्कृष्ट अलराउन्डरमा पर्छन्, बंगलादेशका सकिब अल असन। बंगलादेशले अहिलेसम्म पाएको सबैभन्दा उत्कृट खेलाडी सकिब लामो समयसम्म अन्तराष्ट्रिय क्रिकेटका तीनै फर्म्याटमा अलराउन्डर वरियतामा शीर्ष स्थानमा थिए।

तिनै सकिब आसन्न टि–२० विश्वकपमा नेपालविरुद्ध खेल्दैछन्। नेपाल र बंगलादेशबीचको खेल जुन १७मा सेन्ट भिसेन्टमा हुनेछ।

बंगलादेश र नेपाल दुवै टिम अहिले अमेरिकामा विश्वकपको तयारी गरिरहेका छन्। बंगलादेशले अमेरिकासँग ३ खेलको टि–२० सिरिज खेलिरहेको छ। जसमा सुरुआती २ खेलमा बंगलादेश पराजित भएको छ।

सकिबले पछिल्लो समय नेपाली क्रिकेटलाई आफूले पनि फालो गरिररहेको बताए। पत्रकारहरुसँग उनले अघिल्लो महिना वेस्टइन्डिज ए विरुद्धको नेपालको खेल हेरेको बताए।

उनले नेपाली टिमको प्रसंशा गर्दै पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको बताए। उनले भने, ‘मैले वेस्टइन्डिज ए’ र नेपालबीचको सिरिज हेरेको थिएँ। नेपालले साँच्चै राम्रो खेलेको थियो।’

आयरल्यान्ड र नेदरल्यान्ड्ससँग पनि नेपालले प्रतिस्पर्धात्मक क्रिकेट खेलेको उनले बताए। आयरल्यान्ड भर्खरै पाकिस्तानलाई हराएकाले पनि नेपाली टिम राम्रो भएको उनको प्रतिक्रिया थियो।

उनले विश्वकप खेल्दा छुट्टै खालको प्रेसर हुनेभएकाले जुनै टिमसँग खेल्न पनि कठीन हुने उनको धारणा थियो।

अमेरिकासँगको दोस्रो हारपछि सकिबले टि–२०मा सबै टिम बराबर भएको बताउँदै जसले जसलाई पनि हराउन सक्ने बताए।

‘टि–२० मा जे पनि हुनसक्छ। त्यो दिन कस्ले राम्रो प्रदर्शन गर्छ त्यसमा भरपर्छ। कसैलाई कमजोर आक्न सकिँदैन्,’ उनले भने, ‘१–२ ओभरले खेलको मोमेन्टस् र पूरै खेलको सिनारियो परिवर्तन गर्छ।’

विश्वकपमा हरेक खेल हरेक टोलीलाई कठिन र दबाब पनि फरक हुने सकिबले बताए।