अस्ट्रेलियाका साम हिजलेटले विराटनगर किंग्सबाट एनपिएल खेल्ने

18 Oct, 2025
Share:
117 Shares

नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी टिम विराटनगर किंग्सले दोस्रो विदेशी खेलाडीका रुपमा अस्ट्रेलियाका साम हिजलेटलाई अनुबन्धन गरेको हो।

विराटनगरले शनिबार एक विज्ञप्ति जारी गरेर हिजलेट अनुबन्ध गरेको जनाएको छ।

३० वर्षीय हिजलेटले अस्ट्रेलियाका एक ओडिआई खेलेका छन्। उनले अस्ट्रेलियाको यू १९ टिमबाट पनि खेलेका छन्।

उनी बिगबास लिगका भने नियमित सदस्य हुन्। उनले ब्रिसबेन हेट र होबर्ट होरिकेन्सबाट बिगबास लिग खेलेका छन्। ब्रिसबेनबाट उनले ५० खेलमा ८४० रन बनाएका छन् ।

हिजलेटको आगमनले टिमको मध्यक्रम बलियो हुने टिमले विश्वास लिएको जनाएको छ।

विराटनगरले यसअघि पहिलो खेलाडीका रूपमा स्कटल्यान्डका जर्ज मुन्सेलाई घोषणा गरिसकेको छ।

उनी एनपिएलको दोस्रो सिजनका लागि अनुबन्ध हुने तेस्रो अस्ट्रेलियन खेलाडी हुन। यसअघि सुदूरपश्चिम रोयल्सले क्रिस लिन र लुम्बिनी लायन्सले डार्सी सर्टलाई अनुबन्धन गरेको थियो।