पूर्वब्याटर सनथ जयसूर्या श्रीलंका क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। गत असारमा अन्तरिम मुख्य प्रशिक्षक बनेका उनलाई श्रीलंकाले २०२६ मार्चसम्म मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
उनको मुख्य प्रशिक्षकमा श्रीलंकाले जुलाईमा घरेलु मैदानमा भारतसँगको तीन टी-२० आई खेल २-० ले गुमाएको थियो। तर तेस्रो टी-२० आई खेल टाइ भएको थियो । तीन ओडीआई खेलको सिरिज श्रीलंकाले २(१ ले जितेको थियो ।
भारतविरुद्ध श्रीलंकाले २७ वर्षपछि ओडीआई सिरिज जित्न सफल भएको थियो। सप्टेम्बरमा तेस्रो खेलमा टेस्ट टोली इंग्ल्यान्डलाई उसकै घरमा हराउन सफल भएको थियो। अघिल्लो साता दुई टेस्ट खेलको सिरिजमा न्युजिल्यान्डविरुद्ध क्लिनस्वीप गर्न सफल भएको थियो।
एकपछि अर्को राम्रो प्रदर्शन गरेपछि श्रीलंकाले उनलाई मुख्य प्रशिक्षक बनाउने निर्णय लिएको हो। जयसूर्याले श्रीलंकाबाट तीनै संरचनामा ५८६ खेलमा २१ हजार ३२ रन बनाउनुको साथै ४४० विकेट लिएका छन्।
एक समय विश्व क्रिकेटका उत्कृष्ट ओपनर उनी पछिल्लो समय श्रीलंका छनोटकर्ता र सल्लाहकारको रुपमा काम गर्दै आएका थिए।
आईसीसी टी–२० विश्वकप २०२४ मा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि श्रीलंका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले पदबाट राजीनामा दिएका थिए ।