सन्दीपको समर्थनमा ‘युवा सरकार’को प्रदर्शन

8 May, 2024

क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन्।

सन्दीपको पुनरावेदन मुद्दामा पाटन उच्च अदालतले पटक–पटक पेसी सारेपछि समकर्थकहरुले प्रदर्शन गरेका हुन्। सन्दीपको मुद्दाको अर्को पेशी जेठ १ गतेलाई तोकिएको छ।

‘सन्दीपलाई न्याय दे’ जस्ता नारा लगाउँदै स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हो । सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म र्‍याली समेत निकालेका थिए।

उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन्। यसअघि मंगलबार लामिछानेले आफूलाई फसाइएको दाबी गर्दै वक्तव्यबाजी गरेका थिए।

सन्दीपको समर्थनका आएकाहरुले ‘क्रिकेट हाम्रो मान हो, सन्दीप हाम्रो सान हो, सन्दीपलाई जिउँदै मार्न पाइँदैन, पैसामा बिक्ने न्यायालय चाहिँदैन, न्याय मार्न पाइँदैन, पेसी सार्ना पाइँदै’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरु