दोस्रो पटक टि–२० विश्वकप खेल्न लागेको नेपाली टिम भोलि अमेरिका प्रस्थान गर्दै छ। वेस्टइन्डिज एसँगको अन्तिम टि–२० खेल खेलेपछि नेपाली टिम राति अमेरिका प्रस्थान गर्ने छ।
नेपाल क्रिकेटसँग क्यानले नेपाली टिमलाई शुक्रबार एक कार्यक्रमबीच बिदाई गरेको छ। सोल्टी होटलमा आयोजित विदार्य कार्यक्रममा स्टार क्रिकेट सन्दीप लामिछाने पनि उपस्थित भए।
उच्च अदालतमा चलिरहेको मुद्दाका कारण सन्दीप भने विश्वकप खेल्ने टिममा छैनन्। तर, उनी साथी खेलाडीलाई विश्वकपको शुभकाना दिन कार्यक्रममा उपस्थित भएका थिए।
सेतो टीसर्ट र कालो चस्मा लगाएर कार्यक्रमस्थल पुगेका सन्दीपले क्यानका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाइसँग अंकमाल गरेका थिए।
साथै सन्दीपले साथी खेलाडीहरु रोहित पौडेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीलगायत हात मिलाउँदै अंकमाल गरेका थिए।
साथै सन्दीपले आईपिएलमा सँगै खेलेका टिममेट वेस्टन्डिजका किमो पलसँग पनि भेटेका थिए। पल नेपालसँगको तेस्रो टि–२० खेलका क्रममा मैदानमै नेपाली खेलाडीसँग सन्दीपको बारेमा सोधेका थिए।
जिल्ला अदालतले सुनाएको फैसलाविरुद्धले उनले गरेको पुनरावेदन उच्च अदालतमा थाँती रहेको छ ।
तस्बिर : नेपालप्रेस