सन्दीप लेख्छन्– मेरो सपना पुरा भएन, तर देशको सपना पुरा भएको खुसी छु

27 May, 2024

नेपालले दोस्रो पटक टि–२० विश्वकप खेल्दैछ। अमेरिका र वेस्टइन्डिजमा जुन २ बाट सुरु हुने विश्वकपका लागि नेपाली टिमले एक महिनादेखि अमेरिका र वेस्टइन्डिजमा तयारी गरेको छ।

नेपाललाई विश्वकपमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका स्टार खेलाडी सन्दीप लामिछाने भने टिममा छैनन्। आफूमाथि लागेको मुद्दाको फैसलामा ढिलाई हुँदा सन्दीप टिमसँगै अमेरिका जान भएनन्।

तर, अहिले पुनरावेदन अदालतले सन्दीपलार्इृ निर्दोष ठहर गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) पनि विश्वकपका लागि सन्दीपलाई अमेरिका पठाउने तयारीमा छ, तर अमेरिकाले भिसा नदिँदा सन्दीपको विश्वकप खेल्ने सपना पुरा हुने सम्भावना पातलिादै गएको छ।

सन्दीपसँग सन् २०१९ मै मेरिकाको भिसा थियो। तर, नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिसा रद्द भएको खबर केही दिनअघिमात्र दिएको थियो। त्यसपछि सन्दीपले भिसाको प्रोसेस थालेका थिए। तर, सन्दीपलाई भिसा दिन दूतावास मानेनन्।

फेरि सन्दीपले खेदकुद मन्त्रालय र पराष्ट्रमन्त्रालयको पहलमा भिसाका लागि निवेदन दिएका छन्। तर, आज बिदा भएका कारण प्रक्रिया अगाडि बढेको छैन।

विश्वकप सुरु हुनै लाग्दा पनि अमेरिकाले भिसा नदिएपछि सन्दीपले समाजिक सञ्जालमार्फत दुखेसो पोखेका छन्। उनले आफ्नो सपना पुरा नभएपनि देशको सपना पुरा भएको खुशी व्यक्त गरेका छन्।

‘इमानदारीपूर्वक, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ,’ सन्दीपले लेखेका छन्।