सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

22 Sep, 2024

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्न लागेको हो।

पीडित भनिएकी गौशला २६ले महान्यायाधिवक्ताको कार्यालयमा पुनरावेदन गर्न निवदेन दिएकी थिइन्। उनको निवदेनका बाबजुद महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको हो।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो। त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो।

पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दीपलाई झिकाउनु भनी म्याद जारी गर्छ। र सन्दीप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ।

सन्दीप अहिले आईसिसी विश्वकप लिग–२को दोस्रो सिरिज खेल्ने क्यानडामा छन्। उतैबाट तेस्रो सिरिज खेल्न अमेरिका जाने ताकिला छ।

यसअघि काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएको थियो।